‘जनताको विश्वासलाई कहिल्यै घात गर्ने छैन’: मनबहादुर गुरूङ
पाेखरा | कात्तिक २६, २०७९
पोखरा: आगामी मंसिर ४ गते हुने निर्वाचनमा नेकपा एमालेको तर्फबाट कास्की निर्वाचन क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार मनबहादुर गुरूङले जनता र पार्टीले गरेको अपार विश्वास र माया माथि आफुले कहिल्यै घात नगर्ने बताएका छन् ।
चुनाव केन्द्रित घरदैलो कार्यक्रम अन्तर्गत मादी गाउँपालिका वडा नम्वर १२ का मतदातासँग उनले विगतमा आफ्नो पार्टीले गरेका कार्यहरु प्रस्तुत गर्दै अबको ५ बर्ष जनताको शिर अझै उचो हुने गरि काम गर्ने प्रतिवद्धता जनाए ।
नेकपा एमालेका कास्की जिल्ला अध्यक्ष समेत रहेका गुरूङले एमाले नेतृत्वको सरकारका पालामा भुमिहिन तथा अव्यवस्थित बसोबास गर्ने जनताको पक्षमा काम गर्दा गर्दै वर्तमान सरकारले हटाएको बताउँदै अब बन्ने एमालेको सरकारले भुमिहीनलाई जग्गाको मालिक बनाउने गरी काम गर्ने हुँदा सोको लागि बहुमत सहितको एमालेको सरकार निर्माण गर्न को लागि सुर्य चिन्हमा मतदान गर्न सबैलाई अनुरोध गरे।
एमाले सधै राष्ट्रहित र समृद्धिका लागि अहोरात्र खटेको भन्दै उनले अबको ५ बर्ष खेर नजाने गरि आफू जनताको काममा लागिरहने स्पष्ट पारे ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

